TSS | Home

Shree Tribhuvan Secondary School

Narayan 1, Dailekh(Nepal)

Estd:2008

  • Email: www.tssdailekh.edu.np
  • Phone: 089-420083

Welcome To Tribhuvan Secondary School

नेपालको कर्णाली प्रदेश अन्तर्गत दैलख जिल्लाको सदरमुकाम नारायण नगर पालिका वडा नं. १ दैलेख बजारको केन्द्र भागमा रहेको श्री त्रिभुवन माध्यमिक विद्यालय शिक्षाको लामो इतिहास बोकेको उदाहरणीय विद्ययालय हो । वि.स. २००७ सालको क्रान्ति पश्चात प्रजातन्त्रको उदय सँगसगै शिक्षाको क्षेत्रमा आएको जागरणबाट प्राप्त प्रतिफल स्वरुप २००८ सालमा तत्कालिन राजा त्रिभुवनको नामबाट यो विद्यालयको स्थापना भएको हो। प्रारम्भमा हालको जिल्ला प्रहरी कारयालयको प्रवेशद्धार नजिकको पुरानो भवन पुतलि घरमा पठनपाठन सुरु गरिएको श्री त्रिभुवन मिडील स्कूलको नामले निमावि तह स्थापना भएको हो। तत्कालिन अवस्थामा राजनैतिक उदेश्यले यस जिल्लामा आएका बहुदलवादि नेता श्री निर्मल लामा, समाजसेवीहरु श्री सूर्य बहादुर थापा र श्री देविदत्त कोइराला व्यक्तिहरुको सक्रियतामा यो विद्यालय स्थापना भएको हो । यस विद्यालयले २०१८ सालमा माध्यमिक विद्यालयको रुप धारण गरेको थियो । यस विद्यालयलाई श्री मदन शर्मा, श्री रत्न बहादुर मल्ल, श्री भक्त बहादुर थापा, श्री दान बहादुर शाक्य, श्री गगन बहादुर शाही, श्री नरबहादुर के.सी., कर्ण बहादुर सिंह र भक्त बहादुर श्रेष्ठ जस्ता महत्वपूर्ण व्यक्तिहरुको विषेश योगदान रहेको थियो । यसै क्रममा २०३१ सालमा अन्चालाधिस दानबहादुर साक्यको सक्रियता बाट यस विद्यालयलाई सुर्खेतका जमिन्दरहरुबाट बिरेन्द्र नगर स्थित बुधबुदीमा ७ कट्टा १२ दुर र दौलतपुरमा ७ कट्टा ३ धुर जग्गा उपलब्ध गराइएको थियो | २०२८ पछी नंया शिक्षा लागु भै २०३२ साल देखि व्यवशायिक शिक्षा हुदै २०३८ पछि साधारण शिक्षा सुरू भयो . वि.स. २०४९ सालमा क्याम्पस नभएको जिल्लामा उच्च माध्यमिक विद्यालय(+२) सञ्चालन गर्ने सरकारको नीति भए अनुसार यस विद्यालयलमा मानविकी समूह सञ्चालन गरियो । २०५२ सालबाट शिक्षा समूह, २०५६ साल देखि बाणिज्य समूह संचालन हुदै २०६७ साल देखि विज्ञान समूह पनि सञ्चालनमा आएकोछ र २०६९ देखि नेपाल सरकारले विद्यालय सुधार कार्यक्रम अन्तर्गत माध्यमिक तहमा प्राविधिक र साधारण धार संचालन गर्ने नीति अनुसार नेपालमा १०० ओटा प्राविधिक विद्यालय २०७० को शैक्षिक बर्ष देखि संचालन भएका...........

Message From Principal

नेपालको शैक्षिक इतिहासमा यस त्रिभुवन मावि प्रजातन्त्रको उदय संगै २००८ सालमा स्थिपित भै ६५ वर्ष लामो शैक्षिक उन्नयन क्रममा शिक्षाको ज्योति छर्दै धेरै आरोह अवरोह पार गदै यस अवस्थामा आइपुगेको शैक्षिक निकेतन हो . कुनै पनि सामूदायिक शिक्षण संस्थालाई व्यवस्थित र सुचारु ढंगबाट संचालन गर्न यसका सरोकारवालाहरु, शिक्षा प्रेमी, बुद्दिजीवी, समाजसेवि, विद्यालय व्यवस्थापन पक्ष र शैक्षिक जनशक्तिको अहम भूमिका रहन्छ . शिक्षा ग्रहण गर्नु आम नागरिकको नैसर्गिक अधिकार हो . यसर्थ शिक्षा सबैको लागि (Education for all) भन्ने कार्यक्रमले समुदायमा रहेका विभिन्न जाति, .......... Read More